कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू

पुष ४,काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ।
केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा खुला तर्फका केन्द्रीय सदस्यको मतगणना शुरूको भएको छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्।

पिछडिएको क्षेत्रतर्फ बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

उनले २५७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरे। पिछडिएको क्षेत्रतर्फ ४६७२ मत खसेको थियो भने ३९ मत बदर भएको थियो।

त्यस्तै, मधेशबाट महिलातर्फको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। कांग्रेस पदाधिकारीको शुक्रबार नै मतगणना सकिएको थियो।

Loading...