यःमरि पुन्हि,उद्यौली र फगुईलाई किसान दिवसको रुपमा मनाउनु पर्ने

पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता 

यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाःबुरिकुती,
त्यःछिं त्यः, वकःछिं त्यः, लाटापाटा कुलिंच्यो जुछीं त्यः,
यःमरि च्वामू…….
.भन्दै देउसी–भैलो मागेजस्तै मागेर यःमरि खाने नेवार प्राचीनतालाई निरन्तरता दिदै ज्यापु समाज यलले आईतवार सास्कृतिक कार्यक्रमका साथ योम्हरी पर्व मनाईयो । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पून्हीमा आपसी सदभाव साट्ने परम्पारालाई व्यापकता दिदै जाने लक्ष्यका साथ ज्यापु समाज यलले सास्कृतिक कार्यक्रमका साथ मनाएको हो । बौद्धहरुले योमरीलाई पञ्चतत्व (चाकु, तील, अदुवा, पानी र चामलको पीठो ) ले पूर्ण चिवहाः चैत्यका रूपमा लिईन्छ भने यःमरि खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ ,भन्ने मान्यता छ । चामलको पीठो भित्र चाकु,तिल,खुवा ,अदुवाको रस राखी ममःझैं बफाएर योम्हरी पकाईन्छ । किसानहरु यस दिन चामलको पीठोबाट गणेश,लक्ष्मी,ज्यापू,ज्यापून्ही,ख्याक,कुवेरआदिका प्रतीकको साथ ल्वंचामरी चढाएर ढुकुटी पूजा गरिन्छ । यःमरि नेवार समाजमा छोरी–चेली दुई जीउँहुँदा माइती खलकले धौ –( दहि चिउरा ) बजी खुवाउन जाँदा लानुपर्ने चलन छ । बालबालिकाको जन्मोत्सव, विवाह, म्हपूजा र वृद्ध जङ्कुमापनि यःमरि नभई हुँदैन । तर योमरी पुन्हिका लागि आवश्यक ताईचुङको चामल उपत्यकामा पाउन छोडिसकेको र त्यस भित्र राख्ने तील ,चाकु बनाउन आवश्यक कृषि उत्पादन टोखामा नभै बाहिरबाट ल्याउनुपर्ने बाध्यता बढ्दै गईरहेकोले देश भित्रै उत्पादनमा लाग्नुपर्ने ज्यापु दिवस सहभागि नुवाकोटका ईश्वर डंगोलको छ । काठमाडौं उपत्यकामा नयाँ धानबाट उत्पादित चामलको पिठोबाट बनेको योमरी बनाएर खाईरहेकै दिन पूर्वि नेपालका किराँत समुदायले प्रकृति र पुर्खालाई नयाँ अन्नको परिकार चढाएर उद्यौली (साकेला ) पर्व मनाउँदैछ । त्यसैगरी भूमिपुत्र थारु समुदायमा नयाँ अन्न घर भित्र्याएर पूजा गरिन्छ । नयाँ अन्न भित्र्याएर पूजालाई औंली लेना–औली देना भनिन्छ । नयाँ अन्नको पिठोबाट झझराँको रोटी देवतालाई चढाएर खाईन्छ । यस पुजालाई फगुई भनिन्छ । समष्टिगत रुपमा भन्नुपर्दा योमरी पुन्हि ,उधौली वा फगुई अन्न पुजा परम्पाराको एउटा घोषक हो भन्न सकिन्छ । जुन परम्परालाई नेवार ,किरात ,थारु लगायत किसान समुदायले पौष ३ गते शनिवार एक साथ मनाउँदैछ । तर यो पर्वलाई सबै किसानले संयुक्त रुपले किसान दिवसको रुपमा मनाउनु पर्ने ज्यापुदिवसका प्रणेता स्व. चक्रमान डंगोलको अभियान थियो तर उहाँको देहान्त पछि त्यो कुरा त्यसै सेलाएको देखिन्छ
सासौं गोभ्रातेश्वर महादेवको खटजात्रा ः
योम्हरी पूर्णिमाकै दिन हुन्छ, लुभु गोभ्रातेश्वर जात्रा । एक दिनअघि घर लिपपोटगरी शुद्धसँग बनाएको योम्हरी काँसको थालमा एक रुपियाँ दाम , एक माना चामलसहित गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रागर्दै पूजा थाप्दा महादेवलाई १४ जना द्वारे र १६ जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै चोभरी दुवाल ज्यापूहरूले नुहाई–धुवाई पवित्रभई नङ काटी एक्लै सुत्ने सेतो जामा पहिरेर जात्रा चलाईन्छ । गोभ्रातेश्वर महादेव स्थानमा दुवाल ज्यापूका पुर्खाले पशुपतिदर्शन गर्दा गाईको गोबरमा महादेवले दर्शन दिएकोले गोभ्रातेश्वरलाई नेपालभाषामा सासौ महाद्यो भनिएको र नयाँ अन्नको योमरी चढाएर सिसौं पर्व मनाएको बताईन्छ ।
जिवित माछा , भङगेरा र सर्प दहन हुन्छ |
थेचो नवदुर्गा गणनृत्यमा ः
यःमरि पून्हीको एक दिनअघि छोयला बु ,पोलेको राँगाको मासुलाई नुन–खुर्सानीमा मली बनेको परिकारसँग भोज खाई ऐतिहासिक थेच्वको नवदुर्गाजात्रा मनाईन्छ । छोयला बु, यःमरि पून्ही, पिङ्गल जात्रा,मी प्याखँ (कोयलाछी जात्रा), भैलाजु जात्रागरी पाँच दिन थेचो नवदुर्गा जात्राका ब्रह्मायणी र बालकुमारी खटजात्रा गरिन्छ ।
‘१२वर्षे थेचो नवदुर्गा जात्रा विशेषरूपमा ः
पूर्वकर्मनाशा र पश्चिम नख्खुबीचको १३५०० रोपनीमा फैलिएको थेचो नवदुर्गाको १२ वर्षे जात्रा श्रावणकृष्ण त्रयोदशीदेखि तयारी शुरु भएको छ । नवदुर्गागणमा सिंहिनी, व्याघ्रिनी, वाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमैंजु (महालक्ष्मी), म्हासुख्वा माजु (ब्रह्मायणी), कुमारी, वामुख्वामाजु, विष्णुदेवी,गणेश,तुयुख्वा माजु (वंगालादेवी)को मुकुन्डो गहना, लुगा र आगद्यो रहेको नवदुर्गा मन्दिरभित्र हाँस,कुखुराको बलि दिई भोज खाइसकेपछि एक महिनासम्म मूलढोका बन्द गरिन्छ । मूलढोका बन्दपछि थेचोभरि बाजा बजाउन, बिहे–व्रतबन्ध गर्न, इष्टमित्र–आफन्तलाई देश घुमाउन, राति बास बस्न पूर्ण बन्देज लगाइन्छ । भनिन्छ, यस अवधिमा एक अज्ञात व्यक्ति (दही–चिउरा) खान्छु भन्दै आउने र सोही व्यक्ति देवीलाई बलि दिने कथन थियो । गणनृत्यका लागि देवीजगाउन लेलेको तीनपानी भन्ज्याङबाट ‘आगामसिं’ काठल्याई मन्दिर चोकमा नृत्य सिकाउने छाप्रो बनाइन्छ ।
ड्ड सोही रात, सिंहिनी– ब्याघ्रिनीलाई थेचोको यामुन्या पोखरीको,,भैरवलाई छम्पी दह,
ड्ड क्षणकालीलाई खुल्डोचाबाट र वाराहीलाई बुँलीदह गोदावरीबाट पानी ल्याई चोख्याउने गरिन्छ ।
ड्ड त्यसै गरी महालक्ष्मी, मनमैंजुलाई यामुन्या पोखरी, विष्णुदेवी बामुख्यालाई धापाखेलको, गंगा र
ड्ड गणेशका लागि गलबल ठेचोको जल ल्याई गोप्य पूजागरी विधिपूर्वक मुकुन्डो र पोशाक लगाउछन् ।
यस थेचो नवदुर्गा जात्रा गणनृत्यमा,, ढल्को क्षेत्रपाटीस्थित इन्द्रायणी पीठ, टोखाको कालिकास्थानमा जस्तै जीवित माछा, भँगेरा, सर्प र बोका दन्दनी बलिरहेको होमस्थलमा दहन गरिन्छ ।
प्रकृति र पुर्खा पुजनका साथ
किराती पर्व उधौली सिल्ली
आदिकालमा खेती गर्न नजानेका किराँतहरू काँचै तरुल,गिठ्ठा,भ्याकुर र जंगली जन्तुको मासु खानेगर्दा अनेक रोग लागी मर्दथे । तर तागेरा देवताले कागुन र धान खेती र पाकाएर खान सिकाएपछि डाँडाकाँडानै ढाकिनेगरी जनसंख्या बढ्ेछ । यही खुशीयालीमा नयाँ धान वा कागुनको परिकार खाने र साकेला नाची चाखोम्बा, मिसेक, युमासाम, धेवासाम, थुङदाङवा र सायात्रुदेनका देवीदेवतालाई सुंगुर, कुखुरा, राँगा बलि दिई नयाँ अन्नको परिकार खाईन्छ ।
ड्ड अन्न उत्पादनका लागि प्रकृतिलाई धन्यवाद दिन मनाईन्छ, किराती पर्व उधौली ।
दोलखाली किराती राजाको श्रीपेच फेर्ने सभामा रजश्वला हुन पुगेकी राजाकी बहिनी सोइसोइला लाज र ग्लानिवंंश समारोह छोडेर जंगल पस्छिन् ।
ड्ड दोलोकुम्मा दो सोइसोइला भन्दै चेलीलाई जतिसुकै बोलाउँदा पनि फर्किदिनन् भने भुइँमा खसेको श्रीपेच ढुंगा बन्न पुग्यो ।
श्रीपेचको शक्ति ढुंगामा छ भन्नेहरू,ढुंगापूजक लिम्बू,, र श्रीपेचको शक्ति बहिनी सोइसोइलासँगै जंगलमा छ भन्नेहरू प्रकतिपूजक खुम्बू (राई) कहलाए । मुन्धुम धर्मशास्त्र अनुसार, उँभौली र उँधौली पुज्नेहरूमा राई (खुम्बू), लिम्बू, याख्खा, सुनुवारले वैशाख पूर्णिमामा चण्डी नाचेर (साकेला) र मंसीर पूर्णिमाका दिन उँधौली –(सिल्ली) मनाउँछन् । तर किराँतभित्रकै कुलुङ,जेरो,याम्फूले पुस १५,१६,१७ गते चक्चाकुर नयाँ वर्ष मनाउँछन् । नेवारहरुले योमरी पुन्ही मनाइरहँदा किराँतलेपनि नयाँ अन्नको परिकारखाँदै सिल्ली मनाउँछन् । यस दिन किराँत भूमि पूर्वी नेपालको पहाडी इलाकामा मौलिक हाक्पारे,लङसिङ ,केनीसा नाच्ने र किराँती धर्मशास्त्र मुन्धुमअनुरूपका फुङवा,चोङवा, थाक्वाथाक्मा,पाक्लुङलेटमा देवीदेवताको पूजागरी धनुकाँड प्रदर्शन गरिन्छ
गङगटो वलि दिएर हुन्छ , थानकोट महालक्ष्मी जात्राः
योम्हरी पूर्णिमाका दिन गोपाली, देसार ज्यापुको आदिभूमि थानकोटमा महालक्ष्मी, महाभैरवीको खटजात्रा हुने गर्दछ । राजा अमर मल्लद्वारा ने.सं.६०४मा बस्ती रक्षार्थ स्थापित अष्टमातृका पीठमध्ये महालक्ष्मीलाई यस देशको प्रमुख देवी मानिन्छ । आदिनारायणको खटजात्रालगत्तै थालिने महालक्ष्मी जात्रा चाफःटोलका देसार गुथीका भैरवलाई विधिपूर्वक ढुंगेसिंह कटाएपछि अगाडि बढ्छ । द्वारे र दुवाल समुदायको सहयोगमा हुने जात्राअघि महालक्ष्मी मन्दिरमा गोपाली कन्याको इही गरिन्छ । गोपाली समुदायमा इही गर्ने परम्परा छैन तर जात्राका बेला दुई जना कन्याको इही (बेल विवाह गर्नु)लाई भाग्यमानी मानिन्छ । गङ्गटो बलि दिएर शुरू हुने पञ्चबलि (राँगा, हाँस, बोका, भेंडा, कुखुरा) बलिसहित महालक्ष्मी जात्रामा भैरव र गणेश खटको सहभागि हुन्छन ।

Loading...