ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको हो। : शिक्षामन्त्री पौडेल

पुस २ भैरवा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाइ समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीले शुक्रबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान एवं सांस्कृतिक कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो।
गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको बताउनुहुँदै अध्यक्ष माओवादी केन्द्रको नेतासमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “प्रचण्ड र राजासँग सहमति भएको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोप गलत छ ।”
राजतन्त्रविरुद्धमा जनताको ठूलो पंक्ति आन्दोलनमा हुँदा प्रचण्डले त्यसको नेतृत्व गरेको उहाँले बताउनुभयो । प्रचण्डले नेतृत्व गरेकै कारण मुलुकमा गणतन्त्र आएको पनि उहाँले बताउनुभयो ।
‘पाँच बुँदे सहमति भएको पुष्टि गर्नुपर्छ, नभए माफी माग्नुपर्छ’ एमालेको विचार, राजनीतिलाई सम्मान गर्ने भन्दै पार्टीप्रति पूर्वाग्रह पनि नराखिने बताउनुभयो ।

 

Loading...