प्रधान मन्त्री देउवा द्वारा काठमाडौँ महानगर पालिकाका मेयर शाक्य तथा उप मेयर खडगी सम्मानित

पुष ४, काठमाडौँ – १८ औ  ज्यापू दिवसको अवसरमा काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्य तथा उप-मेयर हरि प्रभा खड्गी श्रेष्ठ सम्मानित हुनु भएको छ l  काठमाडौँ  महानगर पालिकाले नेपाल भाषा पाठ्यक्रम प्रकाशन गरि नेपाल भाषालाइ बिद्यालय स्तरमा अध्यापन गराउन बिशेष भूमिका निर्वाह गरि भाषा बिकासमा अतुलनीय योगदानमा दिएकोबापत प्रधान मन्त्री शेर बहादुर देउवा द्वारा उहाहरुलाई आज यो सम्मान प्रदान गरिएको हो l 

सो अवसरमा प्रधान मन्त्री  देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको  । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृति समुदाय मिलेर बनेको राष्ट्र भन्दै उहाँले यस्तो बताउनुभएको हो । साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउने उहाँको भनाइ छ ।

‘हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउँछ ।’

ज्यापु समाजको कार्यक्रममा बोल्दै उहाँले उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न योगदान गरेको उल्लेख गर्नुभयो । संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत प्रधानमन्त्री देउवाले जनाउनुभएको छ ।

‘ज्यापु समाजको छुट्टै मौलिकताले उपत्यकाको समाज विकासमा उल्लेखनीय योगदान गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न गरेको योगदान संरक्षणका लागि सरकार सहयोग गर्न प्रतिवद्ध छ ।’

उहाँले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको जस्तो भौगोलिक विधिधता र प्राकृतिक सम्पदा विश्वमै कतै नभएको उल्लेख गर्नुभयो । मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता निर्माणमा सहयोग पुग्ने उहाँले विश्वास लिएको ब्यक्त गर्नु भयो ।

यसै गरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रशाद श्रेष्ठले किरातकाल देखि इतिहास रहेको ज्यापु समुदाय भित्र समग्रमा नेवार समुदायमा मिश्रित रुपमा रहेको स्मरण गर्दै ज्यापुदिवादको उपलक्षय्मा शुभकामना दिनु भयो।

फोटो – बुद्ध शरण शाही –  

 

Loading...