नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको माधव नेपालको आरोप

पुष ४,काठमाडौँ । नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले आइतबार पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा एमाले अध्क्षय ओलीलेअदालतको फैसलालाइ लत्याएको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भएको हो ।

। सर्वोच्च अदालतको सो फैसलालाइ अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको नेपालले बताउनु भयो ।

Loading...