कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी शशांक कोइरालाको अग्रता, आजै नतिजा आउने


पुष ४,  काठमाडौं ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अहिले पनि जारी छ । हिजोबाट सुरु भएको मतगणना अहिले पनि निरन्तर चलिरहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा १५८९ मत गन्दा डा. शशांक कोइरालाले अग्रता कायमै छ । कोइराला १३१३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।

दोस्रो नम्बरमा रहेका एनपी साउदले १०२२, बालकृष्ण खाँणले ९७५, रमेश लेखकले ९६९ र ज्ञानेन्द्र बहादुर कार्कीले ९५५ मत पाउनुभएको छ ।कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन्, जसका लागि ९९ जना प्रतिस्पर्धामा छन्।

Loading...