काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टरले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ । एतिहासिक लिक्षिविकालिन सम्पदा कमल पोखरी भएको जग्गामा कम्प्लेक्स निर्माण भएको भनि सो विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले विरोध गरेका हुन् । लिक्षविकालिन सम्पदा बिक्रमशील महाविहार संग […]
Author: ननस्टप संवाददाता
नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुदै
चैत१९,काठमाडौँ – नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुदै छ । नयाँ कार्यसमितिमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाकोका लागि हुने निर्वाचनमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून […]
सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गरिने
चैत १९,काठमाडौँ – अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गर्ने प्रतिबद्धता जनाइएको छ । समितिले भक्तपुरको नगरकोटमा शुक्रबार आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढल मुक्त गर्ने सम्बन्धमा सुझाव दिन […]
आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित
चैत १८ ,काठमाडौँ – साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो । तीन खण्ड बनाएर प्रकाशित भएको पुस्तकमा कविता, चिन्तन र दर्शन छन् । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविताहरु संलग्न छन् । […]
युक्रेनले गर्यो रुसको इन्धन भण्डारण केन्द्रमाआक्रमण
काठमाडौं – युक्रेनी हेलिकोप्टरले रुसको पश्चिमी सहर बेलग्रेडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ। रुसले युक्रनेमाथि आक्रमण जारी राखेको बेला युक्रेनले पनि रुसी भूमिमा शुक्रबार गरेको यो पहिलो आक्रमण गरेको हो। रुसको बेलग्रेड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले दुई युक्रेनी लडाकु हेलिकप्टर विमानहरूले शहरमा इन्धन भण्डारण स्टेशनमा बमबारी गरेपछि सो क्षेत्रका केही नागरिकहरू यातायात सहित […]
जनकपुरधाम कुर्था जयनगर रेल्वे शनिबारदेखि सञ्चालनमा आउने
जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको एकमात्र रेल्वे शनिबारदेखि नियेमित सञ्चालनमा आउने भएको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्नेछन्। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट गुड्ने छ । उद्घाटन […]
आफूमाथि बलात्कार भएको उजुरी विपरीत बयान बदल्दा ३ महिना कैद सजाय
चैत १८- दैलेख जिल्ला अदालतले आफूमाथि बलात्कार भएको उजुरी विपरीत बयान बदल्दा एक महिलालाइ ३ महिना कैद र पांच हजार रुपैया जरिचाना सजाय सुनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीका अनुसार न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्ताे सजाय गरेको छ । प्रहरीमा आफैले बलात्कार उजुरीको दिएका महिलाले अदालतमा गाउँको रिसइबीले […]
मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण सुरु, चैत मसान्तभित्र पानी वितरण गर्ने लक्ष्य
चैत १८ ,काठमाडौँ । बाढीपहिरोले क्षति पुर्याएपछी बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । मेलम्चीको मुख्य प्रवेशमा खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो । सुरुंगको सफाइ सकिए सँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी […]
नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने
काठमाडौं । थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला नेपाली बक्सिङ खेलाडीहरु सहभागी हुनेछन् । पुरुष ६३ केजी तौल समुह तर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]
बिमस्टेकको पाँचौं शिखर सम्मेलन आज बात श्रीलंकामा सुरू हुदै
चैत १६ , काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भर्चुअल माध्यम बात बिहान ९ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बिमस्टेक […]











