नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने

काठमाडौं ।  थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ ।

अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला नेपाली बक्सिङ खेलाडीहरु सहभागी हुनेछन् ।

पुरुष ६३ केजी तौल समुह  तर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापा मगरले  प्रतिस्पर्धा गर्नेछन् ।

महिला ५१ केजी तौल समुहमा १३ औं सागकी स्वर्ण पदक बिजेता  मिनु गुरुङ,   सुष्मा तामाङ ४८ केजी , ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नु भयो  ।

सो टोलीमा  प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकमा आईबा वान स्टार रेफ्री÷जज धनकुमार मैनाली रहनेछन् ।

Loading...