आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित

चैत १८ ,काठमाडौँ – 
साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो । तीन खण्ड बनाएर प्रकाशित भएको पुस्तकमा कविता, चिन्तन र दर्शन छन् । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविताहरु संलग्न छन् । ती कविताहरुलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचनाहरु छन् । त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचनाहरु छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।
साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् । मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ । कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको दाबी छ ।
मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका हुन् । ‘क्षितिजको स्पर्श’ मानन्धरको दोस्रो नेपाली भाषाको कृति हो । नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन् ।
‘कवितामा आकाश’का रचनाहरुले आफ्नै विशिष्टतासहित अलग्गै प्रस्तुति दिएको छ । यहि विशेषता नेपाली साहित्यिक क्षेत्रको लागि सधैं स्मरणीय रहने आर. मानन्धरको दाबी छ । उनी नेतृत्व विकास र माइन्डफुलेसनका प्रशिक्षक हुन् । युवावस्थादेखि नै नेपालभाषा साहित्यमा अटुट रुपमा कमल चलाइरहेका उनी नेपाली हुँदै अँग्रेजीमा समेत विस्तार भएका छन् । उनी ‘द हिमालयन टाइम्ह’ दैनिकमा झण्डै एक दसक नेतृत्व विकाससम्बन्धी स्तब्ध लिडरसीप लिगका नियमित स्तम्भकार रहेका थिए । उनको अँग्रेजी पुस्तक कन्सियस लिडरसीप ः अ जर्नि विडईन पनि प्रकाशित छ ।
नेपालीमा उनको दर्शन–साहित्यको पुस्तक शितिजको स्पर्श प्रकाशित छ । उनले बाल्यकालमै पाँच वर्ष बौद्ध श्रमण भई थाइल्याण्डमा धर्म–दर्शनको अध्ययन गरेका थिए । उनी मनोविमर्शकर्ता हुनुका साथै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्ने संस्था काबुले–द वाइज लिडर का संस्थापक पनि हुन् ।

Loading...