नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुदै

चैत१९,काठमाडौँ –  नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुदै  छ ।    नयाँ कार्यसमितिमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाकोका लागि हुने निर्वाचनमा  प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको  छ ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरे र प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गर्नुभएको छ ।  

निर्वाचनमा ९ हजार ७ सय ८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७ सय र उपत्यका बाहिर तीन हजार ५ सय रहेका छन् । सर्वोच्च अदालत परिसरमा बिहान ८ बजेबाट मतदान पनि सुरु भएको  मतदान ४ बजेसम्म  रहने छ    ।

 

Loading...