काठमाडौँको मौसम धुम्म , एक–दुई दिन मैसम खुल्ने

चैत १५ , काठमाडौँ – काठमाडौंमा हावाको गुणस्तर अत्य्धिक अस्वस्थकर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ।  मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। हिजो दिउँसो काठमाडौंको एक्यूआई १ […]

रुस युक्रेन युद्ध रोकिने सम्भावना ,दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ

  चैत्र १५, एजेन्सी । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ । टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताउनुभएको चिनियाँ […]

बसन्तपुर गद्दी बैठक सर्वसाधरणको लागि खुला

चैत १५,काठमाडौं । विश्व सम्पदामा सुचिकृत  हनुमान ढोका बसन्तपुरस्थित रहेको गद्दी बैठक सर्वसाधरणको लागि खुला गरिने भएको छ ।   गद्दी बैठकको अपरान्ह एक कार्यक्रम गरि औपचारिक रुपमा  खुला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।  २०७२ को महाभूकम्पले क्षति पुग्न गएको गद्दी बैठक अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो […]

स्थानीय निर्वाचनका लागि मतपत्र छाप्ने आयोगको तयारी

चैत १५, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचन  २०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन हो  ।  निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाई  […]

काठमाडौँ महानगर बैशाख ३० पछी महिलाको नेतृत्वमा चल्छ : उपमेयर खड्गी

चैत १३ ,काठमाडौँ  । काठमाडौँ महानगर पालिकाकि उप मेयर हरि प्रभा श्रेष्ठ खड्गीले अबको बैशाख ३० पछी महानगर पालिकाको नेतृत्व महिला अर्थात् आफुले जिम्मे वारी सम्हाल्ने बताउनु भएको छ । खड्गी ग्वाहालि पुच: काठमाडौँ महानगर पालिका १५ वडा गठनको शुभ अवसमा आयोजित शनिबार कार्यक्रममा बोल्दै उपमेयर खड्गीले  बैशाख ३० पछी महानगर प्रमुख को रुपमा देख्न […]

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

चैत्र १३,काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचको युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदैं राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको […]

निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

१३ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त […]

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं ः गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्। शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे। पार्टी कामको सिलसिलामा […]

प्रदेश १ सभा बैठक बस्दै

काठमाडौं ः प्रदेश १ को प्रदेशसभा बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन्। प्रदेश सभा […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं ः नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तीलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले बताए। स्थायी कमिटीमा […]