बसन्तपुर गद्दी बैठक सर्वसाधरणको लागि खुला

चैत १५,काठमाडौं । विश्व सम्पदामा सुचिकृत  हनुमान ढोका बसन्तपुरस्थित रहेको गद्दी बैठक सर्वसाधरणको लागि खुला गरिने भएको छ । 

 गद्दी बैठकको अपरान्ह एक कार्यक्रम गरि औपचारिक रुपमा  खुला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए । 

२०७२ को महाभूकम्पले क्षति पुग्न गएको गद्दी बैठक अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा   २०७५ असार १३गते  पुननिर्माण सम्पन्न भएको हो । 

गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।
 

Loading...