स्थानीय निर्वाचनका लागि मतपत्र छाप्ने आयोगको तयारी

चैत १५, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचन  २०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन हो  । 

निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाई  जनशक्ति लगायतका सबै पूर्वाधार तयारी अवस्थामा राख्न केन्द्रलाई निर्देशन दिइएको बताउनुभयो । 

आयोगका अनुसार स्थानीय निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिनेछन् भने ,स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने छ ।  दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य आयोगको  छ । 

स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता पाएका छ दलसहित ६९ दलले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । आयोगमा दल दर्ता भई राष्ट्रिय मान्यताप्राप्त नगरेका दललाई जिल्ला सङ्गठनका आधारमा निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय मान्यताप्राप्त नगरेका ७३ दललाई आफ्नो सङ्गठनको विवरण बुझाउन समय दिएको थियो । सोहीबमोजिम ७३ मध्ये ६३ राजनीतिक दलले विभिन्न जिल्लामा विवरण बुझाएको थियो । 

Loading...