चैत १३ ,काठमाडौँ । काठमाडौँ महानगर पालिकाकि उप मेयर हरि प्रभा श्रेष्ठ खड्गीले अबको बैशाख ३० पछी महानगर पालिकाको नेतृत्व महिला अर्थात् आफुले जिम्मे वारी सम्हाल्ने बताउनु भएको छ । खड्गी ग्वाहालि पुच: काठमाडौँ महानगर पालिका १५ वडा गठनको शुभ अवसमा आयोजित शनिबार कार्यक्रममा बोल्दै उपमेयर खड्गीले बैशाख ३० पछी महानगर प्रमुख को रुपमा देख्न सक्नु हुने बताउनु भयो ।
जेष्ठ नागरिक सम्मान कार्येक्रममा बोल्दो उहाले भन्नु भयो ‘ जसरि महिलाले घर सम्हाल्ने जिम्मा पाएको छ,त्यसरी नै सिंगो महानगलाई सम्हाल्ने दि आब महिलाको हातमा आउने पर्ने यो समयेले मागेको छ। मेयरको जिम्मा बेला बेलामा मैले सम्हाल्नु पर्दाको मैले गरेको कामको मुल्यांकन कर्मचारी र नगर बासीले गरेको छ। देखावती र परिचालित राजनीति गर्नेले नगर वासीलाई झुक्याएको नगर वासीले अनिभव गरिसकेका छन् , जनताका लागि जननीतिको काठमाडौँ महानगरलाई जरुरि छ। ’
महानगर पालिका भित्रका सम्पदा पुनः निर्माणका क्रममा मेयर बिद्या सुन्दर शाक्यले गरेको कामको बिपक्षमा आफुले जनचाहना बमोजिम सडकमा प्रस्तुत भइ अडान लिएकै कारण सम्पडा बचौं सकेको बताउदै उहाले भन्नु भयो – ‘ मलाई उप -प्रमुखको जिम्मा दिएर नगरवासीले सेवा गर्ने मौका दिनुभएकोमा म सफल भएकी छु। बेनियेतिहरुले सम्पदा ध्वस्त गरि रहदा मैले सडकमा गएर उभिन र नगरवासीले दिएको हौसलाले सम्पदामा बेनियति , ब्यापारी घुस्न बात रोक्न सकेको छु । ’
कर्येक्रमा ९२ बर्षका जित बहादुर शाही लगायत अन्य जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो । सामाजिक दायित्व र जिम्मेवारी बहन गर्ने गरि ग्वाहालि पुच: सस्था गठन गरएको अध्क्षय् प्रदिप शाहीले बताउनु भयो ।