काठमाडौँको मौसम धुम्म , एक–दुई दिन मैसम खुल्ने

चैत १५ , काठमाडौँ – काठमाडौंमा हावाको गुणस्तर अत्य्धिक अस्वस्थकर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ। 

मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। हिजो दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।  पानी नपरे यो अवस्था अझै बढ्नसक्छ  मौसमविद्  भट्टराईभात्रिको भनाइ छ ।

यसै गरि कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय  उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।  बाक्लो तुवालोले गर्दा विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ । न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज हुने गर्दा छ  । 

Loading...