राष्ट्रपति भण्डारी बात भोलि काष्ठमण्डपको लोकार्पण हुने

चैत २०,काठमाडौँ /   राष्ट्रपति विद्यादेवी भण्डारी बात भोलि सोमबार पुनः निर्माण भएको काष्ठमंड़प लोकार्पण हुने भएको छ । बागमती प्रदेशको सांसद तथा   काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले आज पत्रकार सम्मलेन गरि भोलि दिनको १ बजे राष्ठपति भण्डारीबात काष्ठमण्डप लोकार्पण हुने जानकारी दिनु भयो  ।  २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप काठमाडौं महानगरपालिकाको […]

मालीमा २ सय ३ जना विद्रोही मारिए

काठमाडौं । अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २ सय ३ जना बिद्रोही लडाकु मारिएका छन् । मालीको सालेश राज्यमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ । कारबाहीकै क्रममा ५१ जना पक्राउ परेका छन् भने ठुलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ । दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकु समुह […]

रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै, आफ्नो पूर्ण नियन्त्रण आएको दावी

काठमाडौं । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो […]

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अविश्वास प्रस्तावमा आज भोटिङ

२० चैत, काठमाडौं ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ । सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि […]

आजदेखि यात्रुसहित रेल सञ्चालन

चैत २०, काठमाण्डौ – जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक […]

आजदेखि रमजान सुरु

काठमाडौं /  इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ। रमजान […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

चैत २०, काठमाण्डौ –भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक […]

नेवा: समुदायमा मानाइने ‘ पाहाँ चर्‍हे ’ पर्व, तीन अष्टमात्रिका दिदीबहिनी जमघट ,फोटोमा

चैत्र १९.काठमाडौँ / नेवा : समुदायमा मनाइने प्रमुख चाड मध्य ‘ पाहाँ चर्‍हे ’ पर्व  आज तिन अष्टमात्रिका वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी गरि तीन देवीको खतलाइ असन स्थित भेला गरेर सम्पन्न भएको छ । तीन देवीका खत बेकेकाहरु निलो , पहेको र रातो रंगका टोपीमा सजिएका थिए ।  विशेषतः आज पाहाँचर्‍हेको दिन वचुँ […]

प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप २०२२ प्रतियोगिता सम्पन्न

चैत १९,काठमाडौँ ।  मनकामना डोजो म्हेपीको आयोजनामा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप  २०२२ प्रतियोगिता सम्पन्न भएको छ ।  नेपाल ओलम्पिक कमितिका उपाध्क्षय् पुरेन्द्र बिक्रम लाखेको प्रमुख आतिथ्यमा ह्वाइट हेवन एकेडमी म्हैपिमा प्रतियोगीता सम्पन्न भएको हो । २१ वटा टिमको सहभागितामा २३विधमा जम्मा ३३५ जना खेलाडीले खेल प्रदशन गरेका थिए । सो प्रतियोगितामा टिम […]

सामाजिक अभियान “एक कप चिया दान अभियान” काे बाह्राैँ वार्षिकाेत्सव सम्पन्न

चैत १९, काठमाडाैँ-  दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने उदेस्यले स्थापित “एक कप चिया दान अभियान” काे बाह्राैँ वार्षिक कार्यक्रम आज शनिबार सम्पन्न भएकाे छ। वरिष्ठ गायिका तथा समाजसेवी आनी छाेइङ डाेल्माकाे प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा एक कप चिया दान अभियानका दाता […]