मालीमा २ सय ३ जना विद्रोही मारिए

काठमाडौं ।
अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २ सय ३ जना बिद्रोही लडाकु मारिएका छन् । मालीको सालेश राज्यमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ । कारबाहीकै क्रममा ५१ जना पक्राउ परेका छन् भने ठुलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकु समुह पछिल्लो समय सक्रिय हुन थालेपछी सेनाले उनीहरु बिरुद्ध कारबाही तीब्र बनाएको हो ।

मालीमा द्वन्द्का कारण हजारौं विस्थापित भइसकेको छन् । सो बिद्रोही समुहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको थियो । करिब २ करोड १० लाख जनसंख्या रहेको मालीका विभिन्न शहर सन् २०१२ देखि  मालीमा इस्लामिक स्टेट आइएस र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय छन् । 

Loading...