राष्ट्रपति भण्डारी बात भोलि काष्ठमण्डपको लोकार्पण हुने

चैत २०,काठमाडौँ /   राष्ट्रपति विद्यादेवी भण्डारी बात भोलि सोमबार पुनः निर्माण भएको काष्ठमंड़प लोकार्पण हुने भएको छ । बागमती प्रदेशको सांसद तथा   काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले आज पत्रकार सम्मलेन गरि भोलि दिनको १ बजे राष्ठपति भण्डारीबात काष्ठमण्डप लोकार्पण हुने जानकारी दिनु भयो  ।

 २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भएको हो ।

समितिका अध्यक्ष शाक्यले धार्मिक मान्यता अनुसार नुन र तेलको दाम बराबर नभएसम्म काष्ठमण्डपको उत्घाटन गरिनु नहुने भएको पौराणिक मान्यतालाइ आधार मानेर लोकार्पण गरिन लागेको बताउनु भयो  । ‘  प्रत्यक बर्ष माघ १ गते देशभर नुन्र तेलको भाउ एउतै भएको छैन भन्ने संकेत स्वरूप काष्ठ्मंड़पको सबैभन्दा माथि गजुरमा  ध्वजा थ्ध्याउने परम्परा रहेकै छ , नुन तेलको भाउ एउतै नभए सम्म उत्घाटन गर्नहुन्न भन्ने मान्यतालाइ कायेमै राखी लोकार्पण गरिन लागिएको  हो । यो सार्वोजनिक सत्ताल भएकैले आम नगर वासीको भित्र जान र धार्मिक गतिविधि गर्न बात बन्चित गर्न नहुने भन्ने मान्यतालाइ आत्मसाथ गर्दै सबैको लागी खुल्ला गरिन लागिएको हो ।  ’ अध्यक्ष शाक्यले भन्नु भयो । काष्ठमण्डपभित्र रहेको पुरातात्विक पाँच मूर्तिहरूलाई हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिएको सम्बन्धमा सरोकारवालाहरूले दायर गरेको मुद्दाका कारणले उद्घाटनमा नगरिएको हो को ? भन्ने प्रस्नमा शक्ले भन्नु भयो  ‘ मुद्दा संग यो कार्येक्रमको कुनै सम्वन्ध छैन ।   पुरातत्व विभागको परामर्शमानै पुरातात्विक पुराना मूर्तिहरु खण्डित भएका कारण विभागकै निगरानीमा सुक्षित् राखेका छौ  ।    ’ 

काष्ठमण्डप  भित्र रहेका पुरातात्विक महत्वको चारवटा गणेश एउटा गोरखनाथ गरी पाँचवटा मूर्तिहरू हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रति  राष्ट्रपति, प्रधानमन्त्री, संस्कृतिमन्त्री, पुरातत्व विभागका महानिर्देशकसहितलाई ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरिएको भन्दै सम्पदामा सरोकार राख्ने जनहित संरक्षण मञ्चका सञ्जय अधिकारीलगायतले नयाँ मूर्ति प्रतिस्थापनसम्बन्धमा मुद्दा दायर गरेका हुन् । 

Loading...