नेवा: समुदायमा मानाइने ‘ पाहाँ चर्‍हे ’ पर्व, तीन अष्टमात्रिका दिदीबहिनी जमघट ,फोटोमा

चैत्र १९.काठमाडौँ / नेवा : समुदायमा मनाइने प्रमुख चाड मध्य ‘ पाहाँ चर्‍हे ’ पर्व  आज तिन अष्टमात्रिका वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी गरि तीन देवीको खतलाइ असन स्थित भेला गरेर सम्पन्न भएको छ । तीन देवीका खत बेकेकाहरु निलो , पहेको र रातो रंगका टोपीमा सजिएका थिए ।  विशेषतः आज पाहाँचर्‍हेको दिन वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो भब्य जात्रा मनाउने गरिन्छ ।

असनमा प्रतिक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरि राँको एक आपसमा साटासाट गर्ने परम्परा रहेको छ । नेवार भाषमा  आजको यो जात्रलाइ   ‘ द्यःल्वाकेगु ’ जात्रा पनि भनिन्छ।

फोटो – बुद्ध शाही

Loading...