इन्धनको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ […]

काठमाण्डौ महानगरले माग्यो ३२ विषयमा विज्ञ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको वातावरण तथा कृषि विभागले वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले विभिन्न ३२ विषयमा विज्ञ माग गरेको हो । महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञको […]

सिलवालको रिट खारेज, राखेप सदस्य सचिवमा घिसिङको लागि बाटो खोल्यो

चैत २२,काठमाडौँ –  राष्ट्रिय खेलकुद परिषद सदस्यसचिवबाट आफुलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले आज सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ भने , टंकलाल घिसिङलाई राखेपको […]

चुनावी गतिविधि कार्यक्रमका लागि तोक्यो समय , जत्तिबेला पनि गर्न नपाइने

चैत २२,काठमाडौँ –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधिमा हुने  कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आज मंगलबार निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसार लगाएतका कार्यक्रमका लागि समय तोकेको हो । आयोगले जारी गरेको निर्देशनको १७ औँ नम्बरमा चुनावी कार्यक्रमहरु  ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा […]

जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन निजि क्षेत्रलाइ आग्रह

चैत २२.काठमाडौँ  – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  निजी जलविद्युत् आयोजना प्रवद्र्धकलाई अर्धजलाशय तथा जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन आग्रह गर्नु भएको  छ । हिमालयन हाइड्रो एक्स्पोको एक सत्रमा विशेष सम्बोधन गर्नुहुँदै  सोमबार सम्पन्न कार्येक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले कोटा निर्धारण गरेको र सोअनुरूप हाललाई जल प्रवाहमा […]

नेपाल बारको मतगणना बिहान ९ बजेदेखि सुरु

चैत २२ ,काठमाडौँ  । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ । ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको  नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले बताउनु भयो । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान […]

अत्यावश्यकबाहेकका वस्तुको एलसी रोक्न राष्ट्र बैंकको कडा निर्देशन

चैत २२ .काठमाडौँ  – सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ ।राष्ट्र बैंकले सोमबार  २७ वटा वाणिज्य बैंकका सीईओहरुसँग आकास्मिक छलफल गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो। उच्च आयातकै कारण भुक्तानी सन्तुलन उच्च रूपमा नकारात्मक बनेको तथा विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै  डुब्न लागेको अर्थतन्त्र बचाउन राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) […]

काष्ठमण्डप ( मरुसतः) लाेकार्पण , विवादित विषयमा थपियो अर्को झमेला

चैत २१ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबात पुननिर्माण भएको काष्ठमण्डप लोकार्पण भएको छ ।  काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज लोकार्पण गर्नु भाको हो ।  काष्ठमण्डप  भित्र रहेका पुरातात्विक महत्वको चारवटा गणेश एउटा गोरखनाथ गरी पाँचवटा मूर्तिहरू हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिए बिषय अदालत पुगेको छ ।  सम्पदामा सरोकार राख्ने […]

महिलालाई ५१ प्रतिशत अधिकार दिनुपर्छ : माओवादी समाजवादी

चैत २० , काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले आफ्नो पार्टीले स्थानिय निकायमा समान कार्यकारी भूमिकासहित (महिला र पुरुष) दुई अध्यक्षिय कार्यसमिति हुनुपर्ने जिकिर गरेका छन् । शनिबार संवाद डबलिमा सो पार्टी निकट अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) बागमती प्रदेशको भेलामा बुढाथोकीले सो व्यवस्थाले स्थानिय तह मजबुत र सन्तुलित हुने धारणा राखेका हुन् […]