चुनावी गतिविधि कार्यक्रमका लागि तोक्यो समय , जत्तिबेला पनि गर्न नपाइने

चैत २२,काठमाडौँ –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधिमा हुने  कार्यक्रमका लागि समय तोकेको छ ।

आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आज मंगलबार निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसार लगाएतका कार्यक्रमका लागि समय तोकेको हो ।

आयोगले जारी गरेको निर्देशनको १७ औँ नम्बरमा चुनावी कार्यक्रमहरु  ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउन आयोगले जारी गरेको निर्देशनमा भनिएको छ । 

यसै गरि आयोगले अनुमति बिना चुनाव लक्षित कार्यक्रम गर्न समेत रोक लगाएको छ । दलहरुले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नुअघि कम्तीमा ७२ घण्टा अगाबै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ  ।

 

 

Loading...