जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन निजि क्षेत्रलाइ आग्रह

चैत २२.काठमाडौँ  – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  निजी जलविद्युत् आयोजना प्रवद्र्धकलाई अर्धजलाशय तथा जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन आग्रह गर्नु भएको  छ । हिमालयन हाइड्रो एक्स्पोको एक सत्रमा विशेष सम्बोधन गर्नुहुँदै  सोमबार सम्पन्न कार्येक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले कोटा निर्धारण गरेको र सोअनुरूप हाललाई जल प्रवाहमा आधारित आयोजनाको ऊर्जा खरिद सम्झौता गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो ।

मंत्री भुषालले उहाँले मुलुकको अहिलेको आवश्यकता जलाशय तथा अर्धजलाशययुक्त आयोजना भएको बताउदै  धेरै लगानी गरिसकेको र आवश्यकताका आधारमा जल प्रवाहमा आधारित आयोजनाको पनि अनुमति दिन सकिने बताउनु भयो ।

 विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिने कार्यविधि तयार भइसकेको र कार्यविधिलाई स्वीकृत गर्न कानुन मन्त्रालयमा पठाएको तर ऐनको अभावले त्यही रोकिएको उहाले उक्त कार्येक्रममा जानकारी गराउनुभयो । 

Loading...