सिलवालको रिट खारेज, राखेप सदस्य सचिवमा घिसिङको लागि बाटो खोल्यो

चैत २२,काठमाडौँ –  राष्ट्रिय खेलकुद परिषद सदस्यसचिवबाट आफुलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले आज सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ भने , टंकलाल घिसिङलाई राखेपको सदस्य सचिवको रूपमा काम गर्ने बाटो पनि खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो ।

 

 
Loading...