अत्यावश्यकबाहेकका वस्तुको एलसी रोक्न राष्ट्र बैंकको कडा निर्देशन

चैत २२ .काठमाडौँ  – सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ ।राष्ट्र बैंकले सोमबार  २७ वटा वाणिज्य बैंकका सीईओहरुसँग आकास्मिक छलफल गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो। उच्च आयातकै कारण भुक्तानी सन्तुलन उच्च रूपमा नकारात्मक बनेको तथा विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै  डुब्न लागेको अर्थतन्त्र बचाउन राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन समेत दिएको छ  । 

छलफलमा सहभागी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार केन्द्रीय बैंकले अनौपचारिक छलफल गर्दै हाल अर्थतन्त्र ठूलो संकटमा भएकोले संकटको निवारण गर्न बैंकहरूको ठूलो भूमिका रहने बताएका थिए ।

राष्ट्र बैंकको यो निर्देशनपछि अत्यावश्यकबाहेकका वस्तुको आयात लगभग ठप्प हुने अवस्था आएको छ। सबैभन्दा ठूलो मार गाडी बिक्रेताहरुलाई पर्ने देखिन्छ। केही समयका लागि सवारीसाधन आयात ठप्प हुन सक्ने आकलन गरिएको छ । 

बैठकमा बैंकहरूले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुर्याएको  र यसलाई सीमामा ल्याउनस पर्ने बारेमा पनि छलफल भएको थियो ।

 

Loading...