काष्ठमण्डप ( मरुसतः) लाेकार्पण , विवादित विषयमा थपियो अर्को झमेला

चैत २१ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबात पुननिर्माण भएको काष्ठमण्डप लोकार्पण भएको छ ।  काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज लोकार्पण गर्नु भाको हो । 

काष्ठमण्डप  भित्र रहेका पुरातात्विक महत्वको चारवटा गणेश एउटा गोरखनाथ गरी पाँचवटा मूर्तिहरू हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिए बिषय अदालत पुगेको छ ।  सम्पदामा सरोकार राख्ने जनहित संरक्षण मञ्चका सञ्जय अधिकारीलगायतले नयाँ मूर्ति प्रतिस्थापनसम्बन्धमा  राष्ट्रपति, प्रधानमन्त्री, संस्कृतिमन्त्री, पुरातत्व विभागका महानिर्देशकसहितलाई ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरिएको भन्दै  सर्वच्चमा  पुस २८ गते रित दायर गरेका थिए  । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोही रिटमा गत माघ ३ गते ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव पुरातात्विक महत्व रहेका मूर्तिहरु विस्थापित गर्नेलगायत काम  नगरी प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्मम यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अन्तिम किनारा नलाग्दै लोकार्पण  गर्न लागिए भन्दै  अधिवक्ता संञ्जय अधिकारीले आइतबार अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन्  ।

तर बागमती प्रदेशको सांसद तथा काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले धार्मिक मान्यता अनुसार नुन र तेलको दाम बराबर नभएसम्म काष्ठमण्डपको उत्घाटन गरिनु नहुने भएको पौराणिक मान्यतालाइ आधार मानेर लोकार्पण गरिएको बताए ।  ‘  प्रत्यक बर्ष माघ १ गते देशभर नुन्र तेलको भाउ एउतै भएको छैन भन्ने संकेत स्वरूप काष्ठ्मंड़पको सबैभन्दा माथि गजुरमा  ध्वजा थ्ध्याउने परम्परा रहेकै छ , नुन तेलको भाउ एउतै नभए सम्म उत्घाटन गर्नहुन्न भन्ने मान्यतालाइ कायेमै राखी लोकार्पण गरिन लागिएको  हो । यो सार्वोजनिक सत्ताल भएकैले आम नगर वासीको भित्र जान र धार्मिक गतिविधि गर्न बात बन्चित गर्न नहुने भन्ने मान्यतालाइ आत्मसाथ गर्दै सबैको लागी खुल्ला गरिन लागिएको हो ।  ’ अध्यक्ष शाक्यले भन्नु भयो । काष्ठमण्डपभित्र रहेको पुरातात्विक पाँच मूर्तिहरूलाई हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिएको सम्बन्धमा सरोकारवालाहरूले दायर गरेको मुद्दाका कारणले उद्घाटनमा नगरिएको हो को ? भन्ने प्रस्नमा शक्ले भन्नु भयो  ‘ मुद्दा संग यो कार्येक्रमको कुनै सम्वन्ध छैन ।   पुरातत्व विभागको परामर्शमानै पुरातात्विक पुराना मूर्तिहरु खण्डित भएका कारण विभागकै निगरानीमा सुक्षित् राखेका छौ  ।    ’  

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत पुरानै ऐतिहासिक शैलिमा  ३ वर्ष ८ महिनापछि  सम्पन्न भएको छ ।   

राष्ट्रपति भण्डारीबात प्रसंसा – 

राष्ट्रपति भण्डारीले विभिन्न असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न  काठमाडौँ महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूको प्रशंसा गर्नु भयो  ।

कार्यक्रममा उहाँले भन्नुभयो–‘विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पदालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रूपमा मिलेर पुनः निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको छ । राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।


सो अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो । समितिका संयोजक गौतम महर्जनले पौराणिक मान्यता अनुसार नुन्र तेलको भाउ एउतै नभए सम्म काष्ठमण्डपको उत्घाटन नहुनेभएको कारण  निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय  बताउनुभयो । 

कार्यक्रममा काष्ठमण्डप  समितिका संयोजक एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

Loading...