
सिन्धुली । जिल्लाका विभिन्न क्षेत्रमा छरिएर रहेका मुडुलाकार्कीले परम्परागत रुपमा मनाउदै आएको कुलपूजा यसवर्ष पनि विधिपूर्वक सम्पन्न गरेका छन् ।
मुडुलाकार्कीहरुले हरेक वर्ष धान्य पूर्णिमा र यसको पंचमीका अवसरमा परम्परा अनुसार विधिविधान अनुसार कुलका धामी पुजारीको प्रवन्ध गरी कुलपुजा (देवाली) गर्ने प्रचलन रहेको छ ।
मुडुला कार्कीहरुले विगत देखि नै परम्परागत रुपमा मान्दै/मनाउदै आएको कुलपूजा (देवाली)लाई देशका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुले धुमधामका साथ मंसिरे पुर्णिमा र केही स्थानमा यसको पंचमीका दिन मनाउदै आएका छन् ।
पहाडी भुभागबाट तराई र अन्यत्र स्थानमा बसाई सरी गएकाहरुले पनि पछिल्लो समयमा कुलपूजा गर्न थालेपछि दाजुभाइ दिदीबहीनी र ईष्टमित्रका बीच आपसी सम्बन्ध बढेको उनीहरू बताउँछन् ।

विगतमा मुडुला कार्कीहरु प्यूठान जिल्लाबाट यत्रतत्र बसाई सराइको क्रममा पूर्वतर्फ फैलने क्रममा म्याग्दी, पाल्पा, स्यांङजा, रामेछाप सिन्धुली विराटनगर,झापा काठमाण्डौं तथा तराईका विभिन्न भूभागहरुमा बसोवास गरेको पाइएको छ ।
दैलेख जिल्लाको दुल्लुमा प्राप्त सउना कार्की र साउका कक्र्यानीको शिलालेख नेपाली भाषाको सबैभन्दा प्राचीन प्रमाणित शिलालेख मानिएकाले मुडला कार्कीहरुको इतिहास पुरानो रही आएको छ ।








