सामाजिक अभियान “एक कप चिया दान अभियान” काे बाह्राैँ वार्षिकाेत्सव सम्पन्न

चैत १९, काठमाडाैँ-  दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने उदेस्यले स्थापित “एक कप चिया दान अभियान” काे बाह्राैँ वार्षिक कार्यक्रम आज शनिबार सम्पन्न भएकाे छ।
वरिष्ठ गायिका तथा समाजसेवी आनी छाेइङ डाेल्माकाे प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा एक कप चिया दान अभियानका दाता तथा सहयाेगीहरूलाई सम्मान र प्रमाण-पत्र प्रदान गरिएकाे थियाे।

कर्येक्रमका प्रमुख छाेइङ डाेल्माले केहि प्राप्त गर्ने उदेश्यले दिएको दान वास्तविक दान नभई दान दिनेको लागि दिने दान वास्तविक दान भएको बताउनु भयो  ।उहाले यो अभियान संग आवदा समुहलाई सद्कर्म गर्ने समुह भएको र आफु पनि यो समुह संग जोडिने मौका पाएकोमा सबैमा क्रितज्ञ्यता प्रकट गर्नु भयो।

अभियानका अध्यक्ष नेत्र विज्ञ सिद्धार्थ रञ्जितकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ बालराेग विज्ञ डा. उर्मिला शाक्य, इञ्जिनीयर भरत लाल श्रेष्ठ, अभियानका महासचिव राेशन राज महर्जन र काेषाध्यक्ष शर्मिला डङ्गाेल लगायतले शुभकामना मन्तव्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा “एक कप चिया दान अभियान” सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएकाे थियाे।

अभियान अन्तर्गत ललितपुरको ठेचो,सुनाकोठी चन्द्रागिरी नगपालिका बलम्बु , भक्तपुरको नगरकोट तथा कीर्तिपुरमा निशुल्क मोतिबिन्दु शल्य क्रिया, आखा परिक्षण सिविर संचालन गर्दै आएको छ  ।


दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।

 

Loading...