मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण सुरु, चैत मसान्तभित्र पानी वितरण गर्ने लक्ष्य

चैत १८ ,काठमाडौँ  ।   बाढीपहिरोले क्षति पुर्याएपछी बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । मेलम्चीको मुख्य प्रवेशमा  खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो ।   सुरुंगको सफाइ सकिए सँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।
  मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद  न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । 

गत असार १ र साउन १७ गते आएको  बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त  बनाउनुका साथै बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरिदा आयोजना पूर्ण रूपमा बन्द भएको थियो ।

नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । 

Loading...