फिफा विश्वकप फुटबलको ‘ड्र’ आज

काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ ।

कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ ।

विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।

३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्ने चलन छ ।

Loading...