जनकपुरधाम कुर्था जयनगर रेल्वे शनिबारदेखि सञ्चालनमा आउने

जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको एकमात्र रेल्वे  शनिबारदेखि नियेमित सञ्चालनमा आउने भएको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्नेछन्।  

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट गुड्ने छ । 

उद्घाटन भएपछि आइतबारदेखि  बिहान साढे ८ बजे जयनगरबाट  दुई घण्टामा कुर्था स्टेशन पुग्ने रेल जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरतर्फ    दैनिक आउने र जाने गरी रेल दुई पटक संचालन हुने छ ।  

नेपाल सरकारले खरिद गरेको दुईसेट रेलले फागुन १ गतेदेखि ‘ड्राई रन’ गर्दै आएको छ। सुरुमा दिनहुँ एक पटक चलाए पनि चैतदेखि दिन बिराएर यात्रुविना सञ्चालन हुँदै आएको छ।

 

Loading...