ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ग्यास बुलेट ट्याङ्करको ठक्करबाट काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे महांकालमा ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

Loading...