भक्तपुर । सबैभन्दा जेठो काठमाडौस्थित वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिका- ७ गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा स्थानीय तथा आसपासका १ हजार ४ सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन्। २६ प्रकारका रोगको परीक्षण तथा उपचारको क्रममा एक व्यक्तिले एकभन्दा बढी सेवा […]
Tag: suryabinayak municipality
भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको निधन
भक्तपुर । भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ। मंगलबार बिहान करिब सबा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भक्तपुर नगरपालिका–४ […]
भक्तपुरको कटुञ्जेमा शनिबार स्थानीय सहभागितामा बृहत वृक्षारोपण हुने
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको आयोजनामा भञ्ज्याङ् चोककदेखि तिनधारा हुँदै छत्रपाल भैरव मन्दिरसम्म वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ। वडा अध्यक्ष राजकुमार जोशीले शनिबार (साउन ३ गते) बिहान सबा ७ बजेबाट बृहत् वृक्षारोपण कार्यक्रम शुरु हुने भन्दै सम्पूर्ण वडाबासीलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् । “शनिबार बिहान भञ्ज्याङ् चोकमा भेला भइ […]
सूर्यविनायकमा अनुगमन समितिबाटै अनियमितता, नियमविपरीत बुझे २६ लाख भत्ता
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा संचालित साना योजनाको अनियमितता रोक्न गठन गरिएका अनुगमन समितिले नै अनियमितता गरेको खुलेको छ । नगरपालिकामा वडास्तरीय योजना अनुगमन समितिका पदाधिकारीहरुले नियमविपरीत २६ लाख रुपैयाँ भत्ता भुक्तानी लिएका छन् । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ५ लाखभन्दा कम लागतका योजनाको अनुगमनका लागि गठन गरेका समितिहरुलाई […]
एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]
सूर्यविनायकको नीति तथा कार्यक्रम : एक वडा एक पकेट क्षेत्रदेखि रोजगारी प्रवर्द्धन योजनासम्म
बाबुराम दाहाल, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, स्वास्थ्य, रोजगारी, वातावरण र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई समेटेर बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव थापाले शुक्रबार १८ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, दिगो र प्रविधिमैत्री स्थानीय विकासको मार्गचित्र प्रस्तुत […]
सूर्यविनायक-५ मा फुट्सल प्रतियोगिता सम्पन्न, फाइनलमा छत्रपाललाई पछि पार्दै प्राइम प्रथम
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिताको उपाधि प्राइम डे क्लबले उचालेको छ । सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३-१ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल गरेको हो । बिजेता र उपबिजेता टोलीलाई क्रमश नगद १५ हजार र १० हजार सहित शिल्ड र ट्रफि […]
विद्या भण्डारी निकट सूर्यविनायक नगरपालिका प्रमुख पनि पतञ्जली प्रकरणमा प्रतिवादी
भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा पनि मुछिएका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि एक प्रतिवादी ठहरिएका हुन् । पतञ्जलीको जग्गा खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापालाई पनि प्रतिवादी बनाएको हो । […]
माओवादी केन्द्र सूर्यविनायक अध्यक्षमा आलेमगर
भक्तपुर । नेकपा (माओवादी केन्द्र) सूर्यविनायक नगर समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा पुन: सानुकान्छा आलेमगर निर्वाचित भएका छन् । आलेमगरको नेतृत्वमा बनेको समितिमा उपाध्यक्ष राजेन्द्र कार्की, जोवन तामाङ र मिना कार्की रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं सूर्यविनायक नगर इन्चार्ज इन्दिरा अधिकारीले बताइन् । त्यसैगरी सचिवमा शनिस लागेजु, सह सचिव राजाराम […]
काठमाडौमा चोरिएको मोटरसाईकल भक्तपुरमा प्रयोग, एक युवक पक्राउ
भक्तपुर । भक्तपुरमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि-८ का २७ वर्षिय गुर्जु भन्ने निरोज बज्राचार्य रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज नेउपानेले बताए । शुक्रवार दिउँसो साढे ३ बजेको समयमा प्रहरी प्रभाग दधिकोटबाट चेकीङमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाम्चाबाट सो मोटरसाइकल र […]











