किरियापुत्री भवन निर्माण गर्न भक्तपुरमा महायज्ञ

भक्तपुर, १ जेठ । पितृको मुक्तिका लागि १३ दिनसम्म किरिया गर्न प्रयोग हुने अधुरो किरियापुत्री भवन निर्माणका लागि भक्तपुरको गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञको आयोजनाबारे गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माण सम्पन्न गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए। उनका अनुसार महायज्ञबाट संकलित […]

सूर्यविनायक नगरपालिकाले बनाइदियो ट्राफिक सचेतना कक्ष

राजेशमान मानन्धर, भक्तपुर ।  जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित ‘ट्राफिक सचेतना कक्ष’को सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् । सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ६ स्थित कार्यालय परिसरमा निर्मित सचेतना कक्षको बिहीबार प्रमुख थापाले उद्घाटन गरेका हुन् । सो कक्ष उद्घाटन गर्दै नगर प्रमुख थापाले ट्राफिक कार्यालयले सचेतना कक्ष निर्माणका लागि […]

पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्

ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]

खानेपानी समितिहरूलाई केयूकेएलमा गाभ्ने सूर्यविनायकको निर्णयप्रति असन्तुष्टि

भक्तपुर । सूर्यविनायक नगरपालिकाको गत ३१ गते बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्र सञ्चालनमा रहेका र सञ्चालन नभएका सबै खानेपानी उपभोक्ता समितिहरूलाई केयूकेएल (KUKL) मा गाभ्ने निर्णय गरेको छ। यस निर्णयलाई एकतर्फी र समितिहरूसँग कुनै पूर्व परामर्शबिना गरिएको भन्दै व्यापक आलोचना भइरहेको छ। यद्यपि सबै उपभोक्ता समितिहरूलाई गाभ्ने भनिए पनि प्रारम्भिक चरणमा १ देखि ६ […]

कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]

पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र […]

ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै […]

जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ

भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]

भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]