कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण (जस्तै पोस्टेट, मृगौला आदि) तथा हाडजोर्नीसम्बन्धी परीक्षणहरू गरिने  वडाध्यक्ष जोशीले जानकारी गराए ।

यो कार्यक्रमले समुदायमा समयमै रोगको पहिचान गरी उपचारमा सजिलो हुने उनले बिश्वास ब्यक्त गरे ।

स्वास्थ चौकीका प्रमुख केपी अधिकारीले यो स्वास्थ्य चौकीबाट प्राप्त सेवाबारे थाहा पाउने अवसर पनि हुने भन्दै सहभागिताको लागि आग्रह गरेका छन्  ।

(सच्याइएको : सेवा पाउने उमेरमा अन्यथा भएकोले सच्याइएको छ ।)