चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक, उत्कृष्ट पाँच पुरस्कृत

“चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ […]

भक्तपुरमा जीपले लियो पैदलयात्रुको ज्यान

भक्तपुरमा जीपले ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा पालुङ्गटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेका छन् । बुधवार बिहान करिब ६ बजेको समयमा सूर्यविनायक -९ मिलनचोक स्थित अरनिको राजमार्गमा साँगाबाट जगाती तर्फ आँउदै गरेको ना. ५ […]

सिपाडोल बृहत खानेपानीमा पुन: लाखेमरुकै नेतृत्व

भक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए । निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण […]

दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

 भक्तपुर । सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई उक्त खोप लगाएको हो । सरकारले भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]