भक्तपुरमा जीपले लियो पैदलयात्रुको ज्यान

भक्तपुरमा जीपले ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा पालुङ्गटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेका छन् ।

बुधवार बिहान करिब ६ बजेको समयमा सूर्यविनायक -९ मिलनचोक स्थित अरनिको राजमार्गमा साँगाबाट जगाती तर्फ आँउदै गरेको ना. ५ ख. २३६१ नं. को बोलेरो गाडीले पैदलयात्री बयलकोटी लाई थाकक्र दिएको थियो । गम्भिर घाईते भई उपचारका लागि सल्लाघारीको डा. ईवामुरा अस्पताल पुर्याइएका उनलाई थप उपचारको लागि करिब साढे ७ बजे सुमेरु अस्पताल, ललितपुर रिफर गरिएको थियो ।

उपचारकै क्रममा ०७:४५ बजेको समयमा बयलकोटीको ज्यान गएको डिएसपी राजन कार्कीले जानकारी दिए । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको र ठक्कर दिने बोलेरो गाडी तथा त्यसका चालक सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ बस्ने बर्ष २३ को सागर माझीलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको जगाती वृत्तले जनाएको छ ।

Loading...