भक्तपुर । नेकपा (माओवादी केन्द्र) सूर्यविनायक नगर समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा पुन: सानुकान्छा आलेमगर निर्वाचित भएका छन् ।
आलेमगरको नेतृत्वमा बनेको समितिमा उपाध्यक्ष राजेन्द्र कार्की, जोवन तामाङ र मिना कार्की रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं सूर्यविनायक नगर इन्चार्ज इन्दिरा अधिकारीले बताइन् ।
त्यसैगरी सचिवमा शनिस लागेजु, सह सचिव राजाराम बिसुंके र कोषाध्यक्षमा सुमिना डंगोल निर्वाचित भएका उनले बताइन् ।
समिति ५५ सदस्यीय रहेको र सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मुलले बताए ।
पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापतिको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको सचिव सनिस लागेजूले जानकारी दिएका छन् ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु डिपी ढकाल,प्रतिमा श्रेष्ठ, श्रीराम खाइजू, केन्द्रीय सल्लाहकार शिवहरी खनाल, प्रदेश सदस्य एवं क्षेत्र नम्बर २ का संयोजक युवराज आचार्य, जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज , पार्टी निकट मजदुर संगठनका प्रदेश अध्यक्ष मिलन लामा, वाइसीएल प्रदेश अध्यक्ष नरेश रन्जित लगायतको आतिथ्यता रहेको बताइएको छ ।
सो अवसरमा नेताहरूले सूर्यविनायकको संगठन निर्माणमा अघि बढ्न र नगरपालिकामा ससक्त प्रतिपक्षीको भूमिका निर्वाह गरि जनता केन्द्रीत बन्न निर्देशन दिएका वाइसीएल नेता सरराज उप्रेतीले बताए ।