भक्तपुरको सल्लाघारीमा जुवातास खेल्ने १४ जना समातिए, डेढ लाख बढी बरामद

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
सोमबार साँझ करिब साढे ६ बजेको समयमा सल्लाघारीस्थित डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 
उनीहरूको साथबाट  नगद रु. १ लाख ५३ हजार २ सय ६० रुपैयाँ र २ बुक तास समेत बरामद गरिएको परिसरका सूचना अधिकारी रहेका डिएसपी प्रकाश जबेगुले जानकारी गराए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
 
नियन्त्रणमा लिइएका सबैलाई प्रहरी वृत्त जगातीमा पुर्याई आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।