भक्तपुरको कटुञ्जेमा शनिबार स्थानीय सहभागितामा बृहत वृक्षारोपण हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको आयोजनामा भञ्ज्याङ् चोककदेखि तिनधारा हुँदै छत्रपाल भैरव मन्दिरसम्म वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ।

वडा अध्यक्ष राजकुमार जोशीले शनिबार (साउन ३ गते) बिहान सबा ७ बजेबाट बृहत् वृक्षारोपण कार्यक्रम शुरु हुने भन्दै सम्पूर्ण वडाबासीलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् ।

“शनिबार बिहान भञ्ज्याङ् चोकमा भेला भइ वृक्षारोपणमा सहभागी हुन आम वडाबासीलाई अनुरोध गर्दछु ।” वडाध्यक्ष जोशीले भने ।

कार्यक्रमले वडाको सौन्दर्यकरणसंगै वातावरण संरक्षणमा योगदान पुर्याउने उदेश्य रहेको उनको भनाइ छ ।

राष्ट्रको लागि दुई घण्टा अभियानको पहलमा सञ्चालन हुने यस कार्यक्रममा विभिन्न जातिका हजारौं बिरुवा रोपिने अभियानका अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् ।

बृक्षारोपणमा स्थानीय संघसस्थाको समेत सहकार्य रहेको उनले बताए  ।

स्वच्छ हावापानी र जलवायु सन्तुलनमा बृक्षारोपणले ठुलो योगदान पुर्‍याउँने आयोजकको बिश्वास छ ।

यसले मानव स्वास्थ्य, जैविक विविधता र पृथ्वीको दीर्घकालीन संरक्षणमा समेत योगदान गर्ने तथा वातावरण संरक्षणमा चेतना अभिवृद्धि गर्ने समेत अपेक्षा गरिएको छ ।