जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्

matrika yadav

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा […]

राैतहट र धनुषामा प्रहरी प्रमुख परिवर्तन

रौतहट । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ। प्रधान कार्यालयले बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको हो। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको […]

पूर्व न्यायाधीश घिमिरेलाई पितृशोक

सर्लाही । उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ घिमिरेलाई पितृशोक परेको छ । उनका पूजनीय पिता पण्डित घननाथ घिमिरेको ९७ वर्षको उमेरमा असामयिक निधन भएको हो । रामेछापको बाबियाखर्क जन्मोथलो भएका समाजसेवी घिमिरे समाजको आदर्श पण्डित र तत्कालीन सरकारको शिक्षा निरीक्षक रही विभिन्न जिल्लामा सेवा पुर्याएका थिए । शिक्षा, धर्म र सस्कृतिको माध्यमबाट समाजमा सेवा पुर्याएका […]

रौतहटमा चोरिएको ट्याक्टर सर्लाहीमा फेला

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको […]

ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ । मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै […]

रहेनन् नेपाली कांग्रेसका त्यागी नेता एवं समाजसेवी नायक कोइराला

सर्लाही । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका सेनानी बासुदेव शरण कोइरालाको निधन भएको छ । विपी कोइरालाका सहकर्मीसमेत रहेका नेपाली कांग्रेसका अग्रज नेता एवं नेपाल किसान संघका पूर्व अध्यक्ष उनको मंगलवार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीको लालबन्दी-२ जुटपानीमा आफ्नै निजी सम्पतिबाट आफ्ना बुवाआमाको सम्झनामा पद्मभुवनेश्वरी नमूना बृद्ध सेवाश्रम स्थापना गरी समाजसेवामै जीवन […]

सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन

सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]

मधेशलाई सुख्खाबाट जोगाउन तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्लाहीको लालबन्दी-१५ र १६ मा पर्ने बोहोरे डाँडामा निर्माण गरिएको मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवन उद्घाटन उद्घाटन गरेका छन् । सो क्षेत्रकी मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको सो संरचना शनिवार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री […]

ट्रकमा करेन्ट लाग्दा सहचालकको निधन

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको छ भने चालकसहित तीनजना घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी पौने ७ बजेको समयमा रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार […]

सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद […]