मध्यपुर थिमि अब ‘पूर्ण खोप सुनिश्चित नगर’

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका अब ‘पूर्ण खोप सुनिश्चित’ नगरको रूपमा घोषणा गरिएको छ। जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप लगाइसकेपछि सोमबार एक कार्यक्रमबीच यो घोषणा गरिएको हो। नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले संयुक्त रूपमा नगरलाई पूर्ण […]

मध्यपुर थिमिका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हकबारे अभिमुखीकरण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जनप्रतिनिधि, वडा तथा शाखा प्रमुख र स्वास्थ्य केन्द्र प्रमुखलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नागरिक जागरण केन्द्र नेपालसँगको सहकार्यमा आयोजित एक दिवसीय अभिमुखीकरणमा सूचनाको हकको अभ्यास र सूचना सदाचारका बहुपक्षीय आयामबारे छलफल गरिएको हो। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक कार्यान्वयनले सूचना प्रवाहलाई सहज बनाउँदै […]

मध्यपुर थिमिमा ३ अर्ब २५ करोडको बजेट, यस्ता छन् प्राथमिकता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार थिमि बैंक्वेटमा सम्पन्न नगरसभाको १२ औं अधिवेशनमा प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वरोजगार, पर्यटन […]

मध्यपुर थिमि एलोपेथी, आयुर्वेद र होमियोप्याथी सेवा दिने देशकै पहिलो पालिका

  भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ ।   वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्।   […]

रहेनन् भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्णलाल गोजा

Krishnalal Goja

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजाको असामयिक निधन भएको छ । ७३ वर्षको उमेरमा श्रेष्ठकाे मध्यपुर थिमि-४ स्थित निजी निवासमा असामयिक निधन भएकाे हो । मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला […]

जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति

दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो । समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र […]

काठमाडौमा चोरिएको मोटरसाईकल भक्तपुरमा प्रयोग, एक युवक पक्राउ

भक्तपुर । भक्तपुरमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि-८ का २७ वर्षिय गुर्जु भन्ने निरोज बज्राचार्य रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज नेउपानेले बताए । शुक्रवार दिउँसो साढे ३  बजेको समयमा प्रहरी प्रभाग दधिकोटबाट चेकीङमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाम्चाबाट सो मोटरसाइकल र […]

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भक्तपुर । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्ति भोजपुर स्थायी घर भएका २३ वर्षीय सुजन गिरी रहेका प्रहरीले जनाएको छ । उनलाई मध्यपुर थिमि नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनले आफ्नो मोबाइलको […]

स्कुटी चोरी आरोपमा ९ जना नियन्त्रणमा

भक्तपुरको मध्यपुर थिमिमा स्कुटी चोरीको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जेठ २ गते मध्यपुर थिमि-९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को स्कुटर चोरी भएको घटनाको अनुसन्धान गर्दा उनीहरुलाई चोरीको स्कुटीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना […]

पालिकाले प्रहरीलाई दियो दुर्घटनामा तत्काल उपचार गर्न मिल्ने १० थान किट्स

भक्तपुर । सडक दुर्घटनामा हुने मानवीय क्षति न्यूनिकरण तथा घाइतेहरूको तत्काल उपचारमा सहायता पुर्‍याउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ती किट्सहरु प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानालाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख श्रेष्ठले सडक दुर्घटनापछि प्रारम्भिक […]