मध्यपुर थिमिमा ३ अर्ब २५ करोडको बजेट, यस्ता छन् प्राथमिकता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार थिमि बैंक्वेटमा सम्पन्न नगरसभाको १२ औं अधिवेशनमा प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरे।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वरोजगार, पर्यटन प्रवद्र्धन, कला–संस्कृति संरक्षण, र सुशासनलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि सारिएको छ।

नगर क्षेत्रका सम्पदाहरूको मौलिक शैलीमा संरक्षण गर्दै पर्यटनलाई आम्दानीको माध्यम बनाउने उद्देश्य राखिएको छ।

मुख्य नीति तथा कार्यक्रमहरू:

शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पशुपालन, उद्योग, सहकारी, रोजगारी प्रवद्र्धन, वन वातावरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सूचना प्रविधि लगायतका क्षेत्रमा विशेष प्राथमिकता

सार्वजनिक सडकमा पार्किङ निषेध, भित्री सडकहरूमा साझेदारीमा सार्वजनिक यातायात

जग्गा विकास र एकिकरण योजना सञ्चालन

दाहसंस्कार र माटाका भाँडाहरु पोल्ने स्थल वातावरणमैत्री बनाइने

प्रत्येक वडामा खोज तथा उद्धार सामग्री भण्डारण

नसिङ कलेज र पारामेडिक्स कोर्स सञ्चालन, ई–लाइब्रेरीसहित पुस्तकालय स्थापनाको योजना

कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू

बालश्रममुक्त नगर र बालमैत्री स्थानीय शासन घोषणा

मानसिक स्वास्थ्य प्रवर्द्धन, आत्महत्या र लागूऔषध दुर्व्यसन नियन्त्रण अभियान

नेपाल–कोरिया मैत्री अस्पताललाई देशकै नमूना अस्पताल बनाउने योजना

कृषि र उद्यमशीलतामा विशेष जोड:

कौशी खेती, व्यवसायिक तरकारी खेतीमा तालिम र उपकरण अनुदान

घरेलु तथा साना उद्योग प्रवर्द्धन, लागत साझेदारीमा कार्यक्रम

सहकारी संस्थाको क्षमता वृद्धिका लागि अनुगमन र तालिम

पर्यटन प्रवर्द्धन:

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरण

नगरभित्रका पार्क, पोखरीलाई पर्यटकीय गन्तव्य बनाइने

मौलिक नामको अभिलेखीकरण र पुनःस्थापन कार्यको निरन्तरता

बजेट विवरण:

कुल बजेट : ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँ

सञ्चिती कोषबाट : १ अर्ब ५२ करोड ८३ हजार ५ सय

कमेरोटार जग्गा एकिकरण : ७० करोड २३ लाख १३ हजार ७ सय

सिन्टिटार जग्गा एकिकरण : २० करोड ४० लाख १७ हजार १ सय

नेपाल–कोरिया मैत्री अस्पताल : ६० करोड ३२ लाख ५५ हजार ८ सय

सडक बोर्ड : ७० लाख

सामाजिक सुरक्षा भत्ता : २२ करोड