सालनालसहित नवजात शिशु फेला

भक्तपुर । मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा बुधवार बिहान सालनालसहितको नवजात शिशु फेला परेको छ।

 स्थानीयले बताएका अनुसार विगमार्ट नजिक बाटो छेउमा बिहान करिब ५:३० बजे सालनाल सहित नवजात शिशु फेला परेको हो । 

स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्‍याइएको शिशु स्वस्थ रहेको बताइएको छ । शिशु छोरी रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको भनाइ छ ।