अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]

महाभारतकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

काभ्रे । महाभारत–७ निवासी जयमान घलानकी श्रीमती देव कुमारीलाई बनखु स्वास्थ्य चौकीले सुत्केरी गराउन असमर्थ भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरि काठमाडौ रिफर गरिएको छ। उनलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाली सेनाको हेलिकप्टरबाट देवकुमारीलाई काठमाडौं रिफर गरिएको जानकारी दिए । […]

सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद […]

बनेपा–नाला–ताथली सडकखण्ड अवरुद्ध

बनेपा । बनेपा–नाला–ताथली-च्यामासिंह सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–४ र १ को सीमाना नजिक रहेको एक पुल भाँचिएपछि उक्त सडकमार्ग अवरुद्ध भएको छ। सडक भासिँदै गएको सूचनाका बीच बनेपा नाला मार्गको उक्त खण्डमा रहेको पुल भाँचिएको हो। घटनापछि सो रूटमा सवारीसाधन आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। भक्तपुर हुँदै काठमाडौं […]

केयुको धुलिखेल अस्पताल र भक्तपुर नगरपालिकाको ख्वप अस्पतालबीच सहकार्यमा जोड

भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलले काठमाडौ विश्वविद्यालयले सञ्चालन गरेको धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेका छन् । मंगलबार सम्पन्न उक्त भ्रमणमा दुबै अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरणका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नगरप्रमुख प्रजापति नेतृत्वको टोलीमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल […]

पालिकालाई कर नतिर्ने मण्डनदेउपुरका ४ उद्योगमा ताला

काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ । नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो। नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि […]

सुनकोशीमा पौडी खेल्न पसेका युवक मृत फेला

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ। बृहत खानेपानी आयोजनाको ट्यांकी निर्माण कार्यमा संलग्न मजदुर महाभारत गाउँपालिका–४ का साजन वाइवाको बिहान करिब ९:३० बजे सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । स्थानीय तथा सुरक्षाकर्मीहरूको सहयोगमा […]

बालुवा बोकेको ट्रिपरमा अचानक आगलागी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–५, तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा अपराह्न एक बालुवा बोकेको ट्रिपरमा एक्कासि आगलागी भएको छ। आगलागी अपराह्न साढे १२ बजे भएको हो। दोलखा जिल्ला, कालिञ्चोक गाउँपालिका–७ निवासी २७ वर्षीय नवराज सिवाकोटीले चलाएको बा २ क ६१२५ नम्बरको टिपर पाँचखालबाट भक्तपुरतर्फ आउँदै गर्दा आगलागी भएको हो । अचानक रेस बढ्दा चालकले सवारी […]

बेथानचोकमा बस दुर्घटना : एक जनाको निधन, तीन घाइते

काभ्रे, जेठ २१ । काभ्रेको बेथानचोक गाउँपालिका–६ स्थित चिहानडाँडानजिक आज साँझ करिब ५:४० बजे एक यात्रुबहाक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पनौती बसपार्कबाट बेथानचोक–६ मेदाम्चु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस अनियन्त्रित भई झण्डै ३०/३५ मिटर तल खसेको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ […]

धुलिखेलमा ट्र्मा सेन्टरको सिलान्यास

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गरेका छन्। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो। सेन्टर निर्माणका लागि जापान सरकारले तीन अर्ब दुई करोड ९६ लाख जापानी यान बराबरको आन्तरिक अनुदान […]