काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।
बृहत खानेपानी आयोजनाको ट्यांकी निर्माण कार्यमा संलग्न मजदुर महाभारत गाउँपालिका–४ का साजन वाइवाको बिहान करिब ९:३० बजे सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
स्थानीय तथा सुरक्षाकर्मीहरूको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५० मिटर तल उनको शव फेला परेको उनले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।