ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]
Tag: ललितपुर
गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित
ललितपुर । २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट भएका गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ३ ले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण माध्यमिक तहका ८ वटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा किटानी माध्यमिक विद्यालयका […]
बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न
ललितपुर । ललितपुरस्थित प्रादेशिक अस्पताल बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना अस्पतालका रूपमा विकास गर्न सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा विस्तार, सुधार र जनविश्वास निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। नागरिकहित केन्द्रमा राखेर सेवा सुधार गर्नुपर्ने […]
महालक्ष्मी नगरपालिकाको बजेट १ अर्ब ८१ करोड
ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट […]
सुशासन समितिका सभापतिको निष्कर्ष- स्थायी सरकारबिना सुशासन असम्भव
ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा सुशासनको स्थापना गर्न स्थायी सरकार अपरिहार्य रहेको बताएका छन्। बुधबार ललितपुरमा अल्टरनेटिभ फाउन्डेशनले आयोजना गरेको “सुशासनको राष्ट्रिय सूचक निर्माण” गोष्ठीमा उनले वर्तमान शासन प्रणालीलाई पारदर्शी, भरपर्दो र उत्तरदायी बनाउने हो भने मात्र सुशासन सम्भव हुने बताए। “स्थायी सरकार नबन्नु नै मूल समस्या हो,” खतिवडाले […]
मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण
ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]
कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार
ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको […]
‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा
ललितपुर । साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा ‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा गरिएको छ। विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा सन् २०४५ सम्म नेपाललाई कोइला प्रयोगमुक्त बनाउने उद्देश्यसहित यो कार्यक्रम सुरु गरिएको हो। काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो ल्याब’का प्रमुख डा. विराज सिंह थापाका अनुसार कोइलाको प्रतिक्रियाशील प्रयोग र […]
ललितपुरमा अनलाइन जुवाको जालो, ८१ करोड बढी जुवा खेलाउने १७ पक्राउ
ललितपुर । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली […]
विपद् व्यवस्थापनमा उपलब्धि हासिल गर्न सामुहिक सहकार्यमा मेयर महर्जनको जोड
ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गर्न सामुहिक सहकार्यमा जोड दिएका छन्। शनिबार ललितपुर नगरप्रहरी बलको कार्यालयमा सम्पन्न “विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” को समापन समारोहमा बोल्दै उनले भने, “विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले निरन्तर अभ्यास र तयारी आवश्यक छ।” महानगरले विपद् व्यवस्थापनका लागि नगरप्रहरीलाई स्रोतसाधनसहित सक्षम […]











