जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया

ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । कार्यक्रमका […]

ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]

ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

nim prakash singh rathor

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी […]

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध […]

चालीस वर्षपछि पाटनमा ऐतिहासिक नवदुर्गा नाच नचाइदै

  ललितपुर, १६ असाेज । चालीस वर्ष अगाडि रोकिएको ललितपुरको प्रशिद्ध ऐतिहासिक ठेचोको नवदुर्गा नाच पुनः विजयादशमीका दिन नचाइने भएको छ । बिहिबार ललितपुर महानगरपालिका १६ नं. वडाले पत्रकार सम्म्मेलन गरी सो नाच पुनः संचालन गरिने जानकारी दिएको छ । ललितपुर ठेचोका नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित विभिन्न नाचमध्ये सबभन्दा पुरानो नाच भएको  बताइन्छ […]

ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप, कुटाकुटमा परी गम्भीर घाइते

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त झडपमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्ति गम्भीर घाइते भएका छन् । नख्खु कारागार प्रशासनका अनुसार घाइते भएका काठमाडौंको वीर अस्पताल भर्ना गरिएको छ । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका […]