पहिरोमा पुरिँदा इलाममा गयो ८ जनाको ज्यान

इलाम । पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै […]

बढेको बढ्यै सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा […]

जेनजी आन्दोलन प्रहरीसँग नभएका हतियारले गोली हानियो, ताकी–ताकी गोली हान्ने आदेश थिएन : ओली

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् । भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो । आन्दोलनपछि […]

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। रास्वपाले पाँच […]

जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा थप एक जनाको ज्यान गएसंगै मृतकको संख्या १५ पुग्यो

काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना जेनजी प्रदर्शनकारीको मृत्युसंगै ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैगरी सिभिल अस्पतालमा ३, […]

शिक्षाका महानिर्देशक भन्छन्, “जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोकौं”

krishnaPrasad kapri

ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्नबाट रोक्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको बुद्ध मावि बाँडेगाउँमा आयोजित प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान)को एजुकेशन कन्क्लेभलाई शनिवार सम्बोधन गर्दै महानिर्देशक काप्रीले छोरीछोरी निजीमा पठाउने विषय भन्दा निजीमा लगानी गर्ने कुरा गम्भीर […]

मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता

दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]

अलास्कामा भेट्न तयार भए अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरेका हुन्। उनले यस भेटबाट युद्धविरामको मार्ग खोल्ने आशा व्यक्त गरेका छन् […]

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । […]