लकडाउन खुकुलो, काठमाडौँका सडकमा सवारी आवागमन बढे

काठमाडौं, २६ बैशाख ।  काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट राजधानीका सडकमा सवारी अावागमन बढेका छन् ।  सरकारले लकडाउन थप गर्दै जेठ ५ गतेसम्म पुर्याए पनि अावागमन भने खुकुलाे भएकाे छ । यसअघि सुनसान देखिएकाे काठमाडौँ उपत्यकाका सडक शुक्रबार भने अावागमन बढेपछि धेरैले लकडाउन खुलेकाे हाे कि भन्ने ठानेका थिए ।  मन्त्रिपरिषदले यातायात, […]

लकडाउनमा रेल नआउने ठानी लिकमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु

काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]

आजदेखि वजेट अधिवेशन, पत्रकारलाई कलम र डायरी समेत लिन लगाइयो रोक

काठमाडौं, २६ वैशाख । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वजेट अधिवेशन समेत रहेको संसदको वर्षे अधिवेशन अपरान्ह ४ बजेदेखि सुरु हुने बताइएको छ । कोरोनाको सन्त्रासबीच सुरु हुन लागेको यस अधिवेशनमा पत्रकारहरुलाई प्रवेश पास दिइए पनि उनीहरुलाई कलम र कापी केही पनि लिन नदिने गरी बन्देज लगाइएको छ । यो अधिवेशनमा प्रतिनिधि सभा […]

लकडाउनमा रगत अभाव हुन नदिन मेयर शाक्य गरे रक्त दान

 बैशाख २५ ,काठमाडौँ ।   लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले आफै रक्तदान गर्नुभएको छ । मेयर शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले बुधबार आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गर्नुभएको हो । […]

लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ । लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत […]

सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

काठमाडौँ  । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् […]

काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति […]

ननस्टप समाचार प्रभाव: सरकारी गाडीले काठमाडौं ओसारेका मान्छे सर्लाहीमै फर्काइयो

काठमाडौं, २५ बैशाख । बुधवार एक सरकारी गाडीले सर्लाहीबाट काठमाडौं ल्याएकाहरुलाई फिर्ता गरिएको छ । लकडाउनको उल्लंघन गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको एक गाडीमा सर्लाहीबाट काठमाडौं ल्याइएका ४ जनालाई उतै फिर्ता गरिएको हो । सर्लाहीको होरैता नगरपालिका २ निवासी ४ जना बुधवार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको […]

विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

काठमाडौँ ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका […]

विभिन्न जिल्लाबाट आउने सवारीलाई भक्तपुर नाकाबाट प्रवेश निषेध

भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो । पूर्वी र तराईका जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली […]