
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएको छ। गृह मन्त्रालयले बिहीबार सिडिओ परिवर्तन गरिएको पुष्टि गरेको छ ।
गृह मन्त्रालयले जनाए अनुसार भक्तपुर सिडिओको जिम्मेवारी सहसचिव भरतमणि पाण्डेले पाएका छन् ।
गृह मन्त्रालयमा रहेका पाण्डे यस् अघि कास्की, चितवन जस्ता जिल्ला चलाइसकेका अनुभवी सिडिओ हुन् । उनीसंग तत्कालीन ललितपुर उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत भएको अनुभव पनि छ ।
भक्तपुरमा हाल कार्यरत सिडिओ गोपालप्रसाद अर्याल भने अर्घाखाँची सरुवा भएका छन् । अर्घाखाँचीका सिडिओलाई गृह मन्त्रालय सरुवा गरिएको गृहश्रोतले बताएको छ ।